न्युयोर्क राज्य सांसद बन्ने दौडमा नेपाली मुलकी सराहना श्रेष्ठ
अमेरिका– अमेरिकाको न्युयोर्क राज्य सांसदको तल्लो सदनका लागी यति बेला नेपाली मुलकी अमेरिकन नेपाली चेली सराहना श्रेष्ठको चर्चा छ ।
निकै प्रतिस्पर्धात्मक रुपमा चुनावी मैदानमा उर्तिएकी सराहना श्रेष्ठ आउदो जुन २८ तारिक हुने प्राइमेरी निर्वाचनका लागी भिडिरहेकी छिन । जुन १८ देखि अर्लि भोटिङ सुरु हुदैछ ।
न्युयोर्क राज्यको तल्लो सदनको सासद पदका लागी निर्वाचन लडीरहेकी नेपाली चेली सराहना श्रेष्ठ बलियो उम्मेदवारको रुपमा समेत डेमाक्रेट पार्टिले हेरिरहेको छ । सराहना निर्वाचनमा विजयी भईन भने नेपाली समुदायले पहिलो नेपाली अमेरिकी महिला राज्य सांसद पाउनेछन् । श्रेष्ठ न्युयोर्क राज्य सासदमा उम्मेदवारी दिने नेपाली मुलकी पहिलो अमेरिकन हुन ।
श्रेष्ठले वातावरणीय जलवायु सकंट तथा सामाजिक न्याय र समानताको विषयमा उठाउने उनी न्युयोर्कको इचेज काउन्टीको प्रतिनिधित्व गरेर डेमाक्रेटको उम्मेदवार बनेकी हुन । उनी अमेरिकामा डेमाक्रेट सोसलिष्टकी सदस्य हुन । श्रेष्ठलाई लोकप्रिय अमेरिकन कलाकार सिन्थिया निक्सन संगै डेमोक्रेट पार्टिका चर्चित सासदले समेत समर्थन गरेका छन् ।श्रेष्ठ पेशाले पेशाले ग्राफिक डिजाईनर हुन । अध्ययनका लागी बिधार्थी भएर उनी २००१ मा अमेरिका आएकी थिईन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...