नेपाली कांग्रेस कास्कीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको हो । कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो ।

कास्की क्षेत्र नं. २ का लागि नेपाली कांग्रेसले नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । बिहीबार उम्मेदवारी मनोनयसंगै कांग्रेसले चुनावी अभियान शुरु गरिसकेको छ । शुक्रबार क्षेत्रीय भेलामार्फत ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकद्वयमा क्षेत्रीय सभापति माधव बाँस्तोला मधु र नगर सभापति बजीरमान श्रेष्ठ छन् । आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा–४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा शुक्रराज शर्मा संयोजक रहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected