विश्व रक्तदाता दिवसमा क्यालिफेार्नियामा रक्तदानमा नेपाली संस्थाकेा भुमिका विषयमा छलफल
क्यालिफेार्निया-“रक्तदान जीवनदान भन्ने नारा का साथ विश्व रक्तदाता दिवशका अवसर मा
क्यालिफोर्नियाको रिचमण्ड सहरामा “स्वैच्छिक रक्तदानमा नेपाली संस्थाको भूमिका” भन्ने विषयमा छलफल गोष्ठी आयोजना गरिएको छ ।
स्वैच्छिक रक्तदानलाई प्रवर्द्धन गर्न बे एरिया क्षेत्रमा काम गरिरहेको नेपाली संस्थाको सहयोग र सहकार्यमा यस छलफलमा सहभागी भए ।
प्रितेश कार्की, पशुपति कँडेल, उतम धमला सुरेश भट्टले बे एरियामै रहेका नेपाली समुदायमा रक्तदान गर्न र रक्तदान गर्न उत्प्रेरणा कार्यक्रम आयोजना गर्न कसरी सहकार्य गर्ने भन्ने कुरा बताए । बिडिए वेस्ट केाषका उपाध्यक्ष शारदा श्रेष्ठले रक्तदानको सन्दर्भमा दक्षिणी र उत्तरी क्यालिफोर्नियामा मिलेर काम गर्ने कुरामा ध्यान केन्द्रित गरिन ।
बल्ड डेानर क्यालिफेार्निया संयेाजकमा राजन कॅडेल
यसैबीच राजन कँडेलको नेतृत्वमा सन् २०२२–२०२४ का लागि ब्लड डोनर अफ अमेरिका, क्यालिफोर्निया च्याप्टर गठन गरिएको छ । बिडिए क्यालिफोर्निया शाखाको नयाँ समितिमा राजन कँडेललाई संयोजकमा मनोनयन गरिएको छ । सागर पौडेल, सुरेश भट्ट, कृष्ण बुढाथोकी, थलवीर ओली, सुवास भण्डारी, चिरञ्जीबी गैातम , दिल.बी. श्रेष्ठ, दीपक कँडेल, पशुपति कँडेल, आशिष श्रेष्ठ, प्रतियुष रााना, शारदा दाहाल बिडिए क्यालिफोर्निया च्याप्टरको सदस्यको रूपमा मनोनीत गरिएको छ ।
।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...