अमेरिकाको मिनिसोटा अस्पतालको सिइओ पदमा पुग्ने पहिलो नेपाली चेली
अमेरिका– डा सोनिया हिराचन अमेरिकाको मिनीसोटा राज्यको फोरेन्जिक साइकियाट्रिक अस्पतालको सिईओमा नियुक्त भएकी छिन् । अमेरिकामा मात्र नभई विदेशमा यस्तो संस्थामा सिइओ पदमा नियुक्त हुने उनी पहिलो नेपाली महिला समेत बनेकी छिन् ।
हिराचनले कस्तुरबा मेडिकल कलेज मणिपालबाट मेडिकल डिग्री हासिल गरेकी हुन । उनी फोरेन्जिक साइकियाट्रिक तथा अमेरिकन बोर्ड अफ साइकियाट्रि एन्ड न्युरोलोजी इन्कद्धारा प्रमाणित छिन् ।
हिराचनले काठमान्डौको बुढानिकण्ठ स्कुलबाट स्कुलको शिक्षा लिएकी थिइन । हिराचनतले मिनीसोटा विश्वविद्यालयमा मनोचिकित्सा विभागबाट डिग्री गरिन । उनले २०१३ देखि जुन २०१४ सम्म पिटसबर्ग विश्वविद्यालयमा फोरेन्जिक मनोचिकित्सामा फेलोको रुपमा समेत काम गरिन । उनले मानव सेवाको मिनीसेटा विभागमा फोरेन्जिक मनोचिकित्सकको रुपमा र व्यवहार स्वास्थयको डिसी विभागमा आवासिय चिकित्सकको रुपमा पनि काम गरेकी थिइन । हिराचन सानेपा ललितपुरकी स्थायी बासिन्दा हुन ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...