अमेरिका– रुस– युक्रेन युद्धका कारण पुरा विश्व अहिले पेट्रालियम पदार्थको भारी मुल्यवृद्धिबाट आजीत भएको छ । विश्वमा नै रुस–युक्रेन युद्धको प्रभाव परेको छ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन आउदो महिना पहिलो पटक मध्यपुर्वी क्षेत्रको भ्रमणमा निस्कदैछन् । १३ देखि १६ जुलाई सम्म उनी इजरायल, बेष्ट बैक तथा साउदी अरबको भ्रमण गर्नेछन् । अमेरिकाको डिसी स्थित वाइट हाउसले एक बयानमा राष्ट्रपतिको भ्रमण बारे पृष्टि गरेको हो ।
राष्ट्रपति जो बाइडेनले इजरायलबाट आफनो यात्राको सुरुवात गर्ने बाइडेनका एक वरिष्ट अधिकारीले संचारमाध्यमहरुलाई जानकारी गराएका छन् । खाडी सहयोग परिषद तथा मिस्र इराक तथा जोर्डनको एक शिखर सम्मेलनमा भाग लिन बाइडेन साउदी राजा सलमानको निमन्त्रणमा जेहाद, साउदी अरबको यात्रा गर्नेछन् ।
बाइडेनको मध्यपुर्व क्षेत्रको यात्रा साउदी अरब, इजरायल तथा मध्यपुर्व देशहरुको एक महत्वपुर्ण एजेन्डाको सन्दर्भमा छलफल हुने बताइएको छ । यो एजेन्डाले युद्धको समाप्ती तथा कुटनितिक माध्यमलाई स्थिरता ल्याउनमा केन्द्रित हुने विश्वास गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected