टेक्सस– टेक्ससको ड्यालसमा बिहीबार अमेरिकाको स्टेट डिमार्टमेन्ट संग नेपाली समुदायको गहन विषयमा छलफल कार्यक्रम भएको छ ।
नेपाली समाज टेक्ससले नेपाल–अमेरिका दौत्य सम्बन्धको ७५ औ वार्षिकोत्सवको सन्दर्भमा दक्षिण तथा मध्य एशिया मामिलाका लागी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तथा स्टेट डिमार्टमेन्टका उच्च अधिकारीसंग कार्यक्रम गरेको हो ।

नेपाली समाज टेक्ससका पदाधिकारीसंग लु

गएको मंसीर महिनामा नेपाल भ्रमण गरेका अमेरिकी सहायक विदेशमन्त्री लुले अमेरिकी सहायता नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयनमा महत्वपुर्ण भुमिका खेलेका थिए । तत्कालिन समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचन्डलाई समेत भेटेका थिए ।
एमसिसी कार्यान्वयनमा नेपाल पुगेर लागी परेका डोनाल्ड लुसंग एमसिसी सम्बन्धी प्रसंग छुटने कुरै थिएन ।
पत्रकारद्धारा राखिएको जिज्ञासामा सहायक विदेश मन्त्री लु ले एमसिसी ऋण नभएर अनुदान भएको बताउदै संसारका थोरै मुलुकले मात्रै यो अनुदान पाएका बताए । एमसिसी नेपालको हाइडोपावरका योजनाका लागी यसले ठुलो सहयोग पुराउन सक्छ’ उनले भने– ‘नेपालका लागी यो ठुलो योजना हो ।’ उनले नेपालमा एमसिसी पास गराउदा बेइजिङ रिसाएको प्रसंग समेत ल्याएका थिए ।

नेपाल घुम्दा माया बस्यो

डोनाल्ड लु सन् १९९३ मा पहिलो पटक नेपाल पुगेका रहेछन् । अमेरिकाको कुटनितिक क्षेत्रमा प्रवेश गर्दाको त्यो सुरुवाती क्षणमा उनको कार्यक्षेत्र त्यो बेला पाकिस्तान रहेको थियो । उनी भारतको दाजिलिङ हुदै नेपाल पुगेको प्रसंग कार्यक्रममा सुनाए ।


त्यो बेला उनले एक जना केटीसाथी लिएर गएका थिए । बस चढेर उनी जनकपुर र सौराह समेत गएका रहेछन् । नेपाल घुम्दा घुम्दै एरियल हर्टसंग माया बस्यो र त्यो माया पति पत्नीको रुपमा परिणत भएको रमाइलो प्रसंग उनले सुनाए । उनले नेपाल संगको साइनो पुरानो र सौहाद्रपुर्ण रहेको कार्यक्रममा बताएका थिए । उनले नेपाल सगरमाथा, कला संस्कृति तथा प्राकृतिक सम्पदाले धेरै धनी देश रहेको भन्दै प्रसंसा गरे ।

छलफल कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले टेक्ससका नेपाली समुदायको अवस्था र नेपाली समाज टेक्ससले खेलेको भुमिका बारेमा चर्चा गरेका थिए । उनले अन्यत्र राज्यबाट पनि नेपालीहरु धमाधम टेक्सस बसाई सरेर आउने गरेको बताउदै नेपाली समुदायलाई व्यापार व्यवसायमा समेत असुरक्षाको वातावरण बढीरहेको बताए । स्टोर लगायतका व्यवसायमा नेपालीहरु बन्दुक हिंसाको शिकार हुनु परिरहेको सहायक विदेश मन्त्री समक्ष राखेका थिए ।

कार्यक्रममा प्राध्यापक डा प्रेम अधिकारीले टेक्ससमा रहेका नेपाली संघसंस्थाको अवस्था र तिनीहरुले खेलेको भुमिकाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा डा अर्जुन बन्जाडेले अमेरिकाको आप्रवासन सम्बन्धी भिसा प्रकृया र नेपालीले भोग्नु परेका समस्यामा बारेमा अवगत गराएका थिए । उनले डिभी परेर अमेरिका आउने नेपालीहरु स्पोन्सर लेटरका कारण धेरै समस्या भोगिरहेको बताए । डिभी परेर आउनेहरु कतिपयको अमेरिकामा आफन्त कोही हुदैनन’ उनले भने– ‘डिभी परेर अमेरिका आउनेहरुलाई आफन्त कोही नहुदा भिसा सम्बन्धी प्रकृयाले जटीलता बढाइरहेको छ ।’

कार्यक्रममा डा चण्डी भण्डारीले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्था र समस्याका बारेमा जानकारी गराएका थिए । अध्ययनका लागी खर्चको जोहो तथा कम समय काम गर्न पाउने कानुनी अडचनले अध्ययनका लागी आउने नेपाली विद्यार्थीले समस्या भोगीरहेको बताए ।

कार्यक्रममा प्राध्यापक प्रभात दिक्षितले नेपाली समुदायको अमेरिकाको मुलधारे राजनितिमा बढदो प्रवेशको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सिपिए भिम कार्की, सिटी काउन्सिल मेम्बर टिका पौडेल, नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष दिनेश शर्मा, नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेती लगायतले नेपाली समुदायको विभिन्न अवस्थाका बारेमा अवगत गराएका थिए ।

नेपाली समाज टेक्ससका पुर्व अध्यक्षहरु कार्यक्रममा

कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लेले सहायक विदेश मन्त्री लु सगै कार्यक्रममा उपस्थित स्टेट डिपाटमेन्टका उच्च अधिकारीहरुलाई मायाको चिनो वितरण गरेका थिए ।
चिनिया मुलका पिता र अमेरिकी आमाका सन्तान डोनाल्ड लु को अमेरिकी कुटनितिक क्षेत्रमा ३० वर्षको सेवा गरिसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected