१.

उमेर

उमेरको सीमा हुन्न भन्छन प्रेममा

तिमी चाँहि त्यसैमा अलमलिन्छौ

आँप खानु संग मतलव छ

बोटको उमेर किन सोध्छौ?

२.

म चाँहि

अरवौँ कमाएछौ भाइ

देश चिनेका रहेछौ

म चाँहि घोटिरहेको छु बिदेशमा

फेरि पनि डाहढ गर्छौ?

३.

ए नारान!

अव त परिपक्व भयौ

भन्ठानेको त

केटाकेटी जस्तो पो झगडा गर्छौ

यस्तो “ब्यहोर“ले बिस्वभरिका नेपालीलाई

कसरि समेट्छौ?

४.

बेलैमा ….

भोट हालेर आए पछि

जोसिदै “अर्को पल्ट म उठ्छु” भन्छ

“हनी ट्रयाप” को योजनाकार

बेलैमा प्रहरीले नसमाते

भोली भन्नु पर्ने हुन्छ

“नेताज्यु, नमस्कार !”

५.

भन्नु र गर्नु

अमेरिकी सेनाको लाहुरे भन्दै

नेपालमा धेरैलाई ठगेछ

एउटा  नेपाली काइतेले

हेरौँ, अव अमेरिकाले के गर्छ ?

नेपालले के भन्छ !

६.

समय

मायानै गर्छौं भने

आऊ, हामी पनि  भिडियो च्याट गरौँ !

प्रेमिल कविता लेखेर

माया दर्शाउने दिन गैसके

जुन १४, २०२२

डालस, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected