१.
उमेर
उमेरको सीमा हुन्न भन्छन प्रेममा
तिमी चाँहि त्यसैमा अलमलिन्छौ
आँप खानु संग मतलव छ
बोटको उमेर किन सोध्छौ?
२.
म चाँहि
अरवौँ कमाएछौ भाइ
देश चिनेका रहेछौ
म चाँहि घोटिरहेको छु बिदेशमा
फेरि पनि डाहढ गर्छौ?
३.
ए नारान!
अव त परिपक्व भयौ
भन्ठानेको त
केटाकेटी जस्तो पो झगडा गर्छौ
यस्तो “ब्यहोर“ले बिस्वभरिका नेपालीलाई
कसरि समेट्छौ?
४.
बेलैमा ….
भोट हालेर आए पछि
जोसिदै “अर्को पल्ट म उठ्छु” भन्छ
“हनी ट्रयाप” को योजनाकार
बेलैमा प्रहरीले नसमाते
भोली भन्नु पर्ने हुन्छ
“नेताज्यु, नमस्कार !”
५.
भन्नु र गर्नु
अमेरिकी सेनाको लाहुरे भन्दै
नेपालमा धेरैलाई ठगेछ
एउटा नेपाली काइतेले
हेरौँ, अव अमेरिकाले के गर्छ ?
नेपालले के भन्छ !
६.
समय
मायानै गर्छौं भने
आऊ, हामी पनि भिडियो च्याट गरौँ !
प्रेमिल कविता लेखेर
माया दर्शाउने दिन गैसके
जुन १४, २०२२
डालस, टेक्सास
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...