बार्षिक करको बोझले विदेशमा बस्ने अमेरिकी नागरिकता त्याग्ने योजनामा
अमेरिका–विदेशमा बस्दै आएका अमेरिकनहरुले ठुलो वार्षिक करको बोझले अमेरिकी नागरिकता त्याग्ने योजना बनाइरहेको खुलेको छ ।
ग्रिनब्याक एक्सप्याट सर्भिसको सर्वेक्षण अनुसार ४ मध्ये एक जना अमेरिकी प्रवासीले आफनो अमेरिकी नागरिकता त्याग्ने गंभीरतापुर्वक विचार तथा योजना बनाइरहेको देखिएको हो ।
विदेशका १२१ देशमा बसोबास गदै आएका ३ हजार २ सय अमेरिकी प्रवासीहरुमा गरिएको सर्वेक्षणमा अमेरिकी कर दाखिल गर्ने बोझ नै अमेरिकी नागरिकता त्याग्नुको प्रमुख कारण रहेको बताइएको छ ।
विदेशमा बसीरहेका ७७ प्रतिशत अमेरिकीहरले विदेशमा बस्दा अमेरिकी कर तिर्नु पर्छ भन्ने सोचेको देखिदैन ।
विदेशमा बस्ने अमेरिकी करदाताहरु कर अर्थात ट्याक्स फाइल गर्ने मौसममा डराउछन् र कर तिर्नुपर्ने भारीले अमेरिकी नागरिकता त्याग्न तयार भइरहेका छन् ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...