अमेरिकाको टेक्ससमा नेपाली विद्यार्थी माथि ग्यास स्टोरमा लुटेराद्धारा गोली प्रहार

टेक्सस– अमेरिकाको टेक्ससको ग्रयान्ड फेरिको एउटा ग्यास स्टोरमा काम गदै आएका नेपाली विद्यार्थी राजु श्रेष्ठ माथि लुटेराले बन्दुक आक्रमण गरेको छ र
अश्वेत बन्दुकधारी लुटेराको आक्रमणबाट श्रेष्ठको अनुहार र खुट्टामा गंभीर चोट लागेपछि अस्पताल पुराइएका उनको अहिले शल्यक्रिया भएको छ । घटना गएको जुन ३ तारिक शुक्रबार राती घटेको नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष दिनेश शर्माले जानकारी दिए । लुटेरालाई स्टोरमा भएको सबै रकम दिएर आत्मसमपर्ण गर्दा समेत ज्यान लिने उद्देश्य श्रेष्ठ माथि बन्दुक आक्रमण भएको शर्माले बताए । टाउकोमा प्रहार गरिएको गोली चिउडो हुदै गर्एको थियो । लुटेराले खुट्टामा समेत आक्रमण गरेको थियो
टेक्सस ए एन्ड एम युनिभर्सिटीका कम्पुयुटर साइन्सको विद्यार्थी श्रेष्ठको अहिले हेरचाह गर्ने र उनको जागीर समेत नभएकोले आर्थिक समस्या परेको छ । उनको सहयोगका लागी नेपाली समाज टेक्ससले गोफन्ड संचालन गरेको छ । श्रेष्ठ बौद्ध काठमान्डौका बासिन्दा हुन । उनी ग्यास स्टोरमा काम गदै आफनो अध्ययनलाई अगाडी बढाइरहेका थिए । गोली हान्ने अश्वेत युवकको प्रहरीले खोजी गरिरहेको छ ।
२० हजार डलर लक्ष्य राखिएको गोफन्डमा अहिले ६ हजार १ सय ७५ डलर संकलन भएको छ ।
सहयेाग लिंक