हलिउडमा एमी अर्वाड जित्दै इतिहास रचे नेपाली मुलका अभिनेता जसवन्तदेवले
शिव शर्मा
अमेरिका– हलिउडमा जमीरहेका नेपाली मुलका अमेरिकी अभिनेता तथा निर्देशक जसबन्तदेव श्रेष्ठले हलिउडमा इतिहास रचेका छन् ।
अमेरिकी टेलिभिजनको सर्वाधिक चर्चित मानिने एमी अर्वाडमा शनिवार हलिउडमा सम्पन्न भएको अर्वाड समारोहमा उनले निर्माण र निर्देशक गरेका फेस्टिबल अफ सरस्वती पुजाले पेसिफिक साउथ वेष्ट–२०२२ एमी अर्वाड जित्न सफल भएको छ ।
हलिउडमा चर्चित मानिने एमी अर्वाड जित्ने उनी पहिलो नेपाली बन्दै एउटा इतिहास रचेका छन् । श्रेष्ठ लस एन्जलसमा बसेर क्रियटिभ हाइटस इन्टरटेनमेन्ट मार्फत सिनेमा तथा डकुमेन्ट्री निर्माण र निर्देशन गदै आएका छन् । उनले निर्माण गरेका सिनेमा तथा डकुमेन्ट्रीले हलिउडमा विभिन्न अर्वाडहरु पनि यस अघि जितीसकेको छ । उनले हलिउडमा तीन वटा टेली अवार्ड तथा दर्जनौ अन्तराष्ट्रिय फिल्म फेस्टिबल अवार्डहरु हात पारेका छन् । पहिलो पटक जसवन्त २०१४ मा क्लोराडोमा भएको बिल्सफेस्टमा बेष्ट एक्टर अर्वाड जितेका थिए । उनले हलिउडका केही सिनेमामा अभिनय गरेका छन् ।
अमेरिकी टेलिभिजनको सबैभन्दा ठुलो अवार्ड मानिने एमी अवार्डमा उनिद्धारा निर्माण र निर्देशन भएको तीन नेपाली डकुमेन्ट्री नोमिनेसनमा परेको छ । उनले निर्माण गरेको नेपाली संस्कृति झल्कने फेस्टिबल अफ दशै, फेस्टिबल अफ महाशिवरात्री र फेस्टिबल अफ सरस्वति पुजा एमी अवार्डमा परेको थियो हलिउडमा अहिलेसम्म नेपाल र नेपाली विधाको डकुमेन्ट्री संसारमै लोकप्रिय मानिने एमी अवार्डको नोमिनेसनमा परेर अर्वाड जित्ने उनी पहिलो नेपाली हुन ।
नेपालको संस्कृति रहनसहन र भाषाभेष लाई अन्तराष्ट्रिय स्तरमा चिनाउने मौका यो अर्र्वाडले दिएको ’ अर्वाड जितेपछि जसवन्तले भने– ‘ यो हामी सबै नेपाल र नेपालीका लागी गर्वको कुरा हो ।’
गएको नोभेम्बरमा १७ मा समेत उनको नेपालका पाचवटा चाडपर्व समेटिएको बृत्तिचित्र विश्व चर्चित डिस्कभरी च्यानलले प्रिमियर गरेको थियो ।
डिस्कभरी च्यानले निर्देशक श्रेष्ठले निमांण गरेको फेस्टिबलको पाच वटा भाग प्रसारण गरेको थियो । नेपालमा रहदा म्युजिक भिडियो निर्देशनमा रहेका श्रेष्ठ अमेण्ण्रिका आएर ण्हलिउडमा तहल्का पिटिरहेका छन् ।