अमेरिका भ्रमणमा रहेका नेपालका खेलकुद पत्रकारलाई स्वागत

टेक्सस– खेलकुदमा बिट पत्रकारित गदै आएका नेपालका खेलकुद पत्रकारलाई अमेरिकामा स्वागत गरिएको छ ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले शनिवार साझ हस्टको हब्र्स इण्डियन रेष्टुरामा आयोजना गरिएको कार्यक्रममा स्वागत गरिएको हो ।
विशेष गरि यसै साता टेक्ससको हयुस्टनमा सकिएको अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताम राष्ट्रिय क्रिकेट खेलाडी टोलीसंग अमेरिका आएका कान्तिपुरका खेलकुद समाचार संयोजक विनोद पाण्डे, अग्रज खेलपत्रकार प्रकाश तिमिल्सिना, खेलकुद फोटो पत्रकार हेमन्त श्रेष्ठ तथा सुवास हुमागाईलाई टेक्ससको चिनो काउ ब्वाई हयाट लगाइदिएर स्वागत गरिएको थियो ।
नेपाल अमेरिका पत्रकार सघ (नेजा) का अध्यक्ष विकास न्यौपाने तथा गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका उपाध्यक्ष सुमन थापाले स्वागत गरेका थिए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापाले अमेरिकाको पत्रकारिता र नेपाली समाजको भुमिकाका बारेमा चर्चा गरेका थिए ।
नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले अमेरिकामा नेपाली पत्रकारिताको अवस्था र नेजाले खेलेको भुमिका बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा अग्रज पत्रकार शैलेज आचार्य, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य तथा खेलकुद पत्रकार प्रकाश तिमिल्सिना, नेजाका महासचिव सुरज भण्डारी, नेजाका पुर्व क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, बाबुराम दाहाल, बिमल बराल लगायतले कार्यक्रममा धारणा राखेका थिए ।