टेक्सस– अमेरिकाको टेक्ससमा आईतबार अर्भिङ एभरेष्ट तथा ड्यालस पोखरा लायन्स क्लबका २०२२–२०२३ का लागी नया निर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण कार्यक्रम सकिएको छ ।
प्रमुख अतिथी डिस्ट्रिक गर्भनर एस्मेरबिडा रोड्रिगेज एवं ड्यालस पोखरा लायन्ँस क्लबका पुर्व अध्यक्ष दिलिप सुवेदी तथा अर्भिङ एभरेष्ट लायन्स क्लबका पुर्व अध्यक्षले नया निर्वाचित अध्यक्षलाई कार्यभार सुम्पेका थिए ।
ड्यालस पोखरा लायन्स क्लब २०२२–२०२३ का नव निर्वाचित अध्यक्षमा शिव सुवेदी र अर्भिङ लायन्समा राजेन्द्र कुवर ले पदभार ग्रहण गरेका हुन ।
कार्यक्रममा नया पदाधिकारीहरु सबैलाई पदको शपथ खुवाइएको थियो ।
कार्यक्रममा ड्यालस पोखरा लायन्स क्लबको गतिविधीको बारेमा पुर्व अध्यक्ष दिलिप सुवेदी तथा अर्भिङ लायन्सको तर्फबाट पुर्व अध्यक्ष सरोज सिग्देलले जानकारी दिएका थिए
कार्यक्रममा लायन प्रेम अधिकारी, राधाकृष्ण काफले, प्रकाश गौतम, फस्ट भिपी नेत्र पौडेल, सचिव अर्जुन अधिकारीले लायन्स क्लब र सामाजिक कार्यको बारेमा चर्चा गरेका थिए ।
त्यस्तै कार्यक्रममा अतिथीहरु बिएन पन्त, प्राध्यापक प्रभात दिक्षित, टेरी मेजा, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्ले तथा थलराज पन्तले मन्तव्य राखेका थिए ।
कार्यक्रममा अनुष्का, दिलासा अग्रिमा, कृति लगायतले विभिन्न गीत संगीत सहित नृत्य प्रस्तुती दिएका थिए ।
सम्बन्धित खवर
-
क्यालिफोर्निया, अमेरिका – रुकुम ...
-
ड्यालस (टेक्सस) — नेपाली ...