अमेरिका–अमेरिकाको सर्वोच्च अदालतले बन्दुक राख्न पाउने सर्वसाधारणको मौलिक अधिकार भएको फैसला गरेको छ ।
अमेरिकामा बन्दुक नियन्त्रण कानुन कडा बनाउने तयारी भइरहेको बेला सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।
सर्वोच्च अदातलतले अमेरिकी नागरिकले आत्मरक्षाका लागी सार्वजनिक स्थानमा हतियार साथमा लिएर जाउन पाउने अधिकार भएको बताएको छ ।
उता राष्ट्रपति जो बाइडेनले भने सर्वोच्चको यो आदेश प्रति असहमति जनाएका छन् । राष्ट्रपति बाइडेनले सर्वोच्चको यो फैसला मुलुकमा थप चिन्ता बढाएको बताएका छन् ।
सर्वोच्चको यो फैसला संगै अमेरिकामा बढदै गएको बन्दुक आतंक नियन्त्रणमा प्रभाव पर्ने विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected