अमेरिका– अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) लामो समय देखि ब्याकलक रहेका महत्वपुर्ण मुद्धाहरुको छिटो निर्णय गर्ने गृहकार्य सुरु गरेको छ ।
लामो समय देखि ग्रिनकार्ड तथा नागरिकताका सम्बन्धमा भएको ढिलाईले समस्या भोगीरहेका आवेदकहरुको हितमा कर्मचारी नियुक्त गरि छिटो निर्णय दिने तयारी थालेका हो । कोरोना महामारी सुरु भएपछि कर्मचारीको अभावमा युएससिआइएसबाट धेरै मुद्धाहरु ब्याकलक रहेको छ । यो वर्षको अन्त सम्ममा युएससिआइएसले ४ हजार भन्दा बढी कर्मचारी नियुक्त गरेर कामहरु छिटो छरितो गर्ने जनाएको छ ।
विशेष गरि युएससिआइएसले आवेदनमा अतिरिक्त शुल्क तिरेर छिटो छरितो सेवा प्राप्त गर्ने निति समेत अगाडी सारेको छ ।
युएससिआइएसका अधिकारीका अनुसार अमेरिकी नागरिकता र अध्यागमनका ५ दशमलब २ मिलियन केशहरुको ब्यागलग रहेको छ भने ५ दशमलव ५ मिलियन मुद्धाहरु बिचारधिन अवस्थामा छन् ।
नया आर्थिक वर्ष २०२३ सुरु भएपछि आप्रवासनका कामहरु धमाधम अगाडी बढाउने लक्ष्य युएससिआइएसले लिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected