टेक्सस– अमेरिकाको टेक्ससमा एशोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) राष्ट्रिय सम्मेलन शनिवार देखि कोपेलको फोरप्लाइन्ट होटलमा सुरु भएको छ ।
योग शिविरबाट थालिएको कार्यक्रम विभिन्न जनजातीको झाकी सहितको ¥याली गदै उदघाटन गरिएको थियो । कार्यक्रमको उदघाटन पुर्व पराष्ट्रमन्त्रप्ी महेन्द्रबहादुर पाण्डेले गरेका थिए ।
कार्यक्रममा विशेष अतिथीको रुपमा पुर्व सुचना तथा संचारमन्त्री मिलेन्द्र रिजाल रहेका थिए ।
दुई दिन आईतबार सम्म चल्ने सम्मेलनमा १९ वटा विभिन्न कार्यक्रमहरु रहेका छन् । जसमा एक दर्जन भन्द बढी शेसन रहेका छन् ।
सम्मेलनमा शैक्षिक, व्यापार व्यवसाय ज्ञानवद्र्धक देखि विभिन्न सौन्द्धर्य र मनोरञ्जनको सेसनहरु रहेका छन् । अमेरिकाको मुलधारे राजनितिमा नेपाली समुदायको प्रवेश तथा नेपालमा लगानीका विषयमा राखिएको सेसन महत्वपुर्ण रहेको छ ।
मनोरन्जन सगै बालिका देखि महिला संग सम्बन्धीत सौन्दर्य प्रतियोगिता गीतसंगीत र डिजे पार्टि समेत समावेश गरिएको आयोजक संस्थाका अध्यक्ष विजयराज भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रममा अमेरिका तथा क्यानडा देखि सहभागी हुन आएका छन् ।
यस अघि एएनएको सन् २००२ र २०१२ मा पनि टेक्ससको ड्यालसमा सम्मेलन भएको थियो ।
सन् १९८३ मा स्थापना भएको एनएनए अमेरिकामा रहेका नेपालीहरु सबैभन्दा पुरानो संस्था मानिन्छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...