टेक्सस– अमेरिकाको टेक्ससमा विवाहित महिला बीच राखिएको मिसेस एएनए २०२२ को ताज सृष्टि उप्रेती शर्माले पहिरिएकी छिन् ।
आईतबार राती टेक्ससको कोपेलको फोर प्वाइन्ट होटलमा सम्पन्न प्रतियोगितामा उनले आफनो आठ जना प्रतिस्पर्धीलाई पछि पादै उपाधी जितेकी हुन । उनलार्ई मिस नेपाल युएसए २०१८ की विजेता डाक्टर दिलासा न्यौपानेले ताज पहिराएकी थिइन ।
पेशाले सृष्टि सिपिए हुन । विश्वकै टप फाइभ अकाउन्टको कम्पनी बिडिओ अमेरिकामा सात वर्षदेखि सिनियर म्यानेजरको रुपमा कार्यरत छिन् । डेढ वर्षको छोरा र श्रीमानसंगै उनी टेक्ससमा बसोबास गदै आएकी छिन् । सृष्टि टेक्सस सिपिए बोर्डको शिक्षा विभागकी प्रमुख समेत हुन
एशोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) तथा नेपाली समाज टेक्ससको आयोजना भएको उक्त प्रतियोगितामा अन्जु अर्याल फस्ट रनर अप तथा जस्मिन राना सेकन्ड रनर अपको टाइटल पाएका थिए ।
प्रतियोगितामा परिचय, टयालेन्ट, टप थ्रि प्रश्नोत्तर हुदै विजेता घोषणा गरिएको थियो । प्रतियोगितामा मिस नेपाल युएसए २०१८ डाक्टर दिलासा न्यौपाने, रोजर अधिकारी, बबिता खडका र माया उपाध्याय निर्णायक रहेका थिए ।
मिसेस एएनए अमेरिकाको ताज सृष्टि उप्रेती शर्मालाई