अमेरिका– अमेरिकामा आतंकवाद भन्दा खतरा बन्दुक आतंक बनेको छ ।
५० वर्षमा बन्दुक हिंसाबाट अमेरिकामा १४ लाख भन्दा बढीले अमेरिकीले  ज्यान गुमाएका छन् ।
अमेरिकामा बन्दुक संस्कृतिको इतिहास तेति पुरानो छैन , जति पुरानो अमेरिकाको सविधान हो । वर्ष १७९१मा अमेरिकाको संविधानको दोस्रो संशोधन लागु भएको थियो । जस अन्तर्गत नै अमेरिकी नागरिकलाई बन्दुक राख्ने अधिकार दिइएको थियो । अमेरिकामा दशकौ सम्म बन्दुक संस्कृतिबाट लाखौले अकालमा ज्यान गुमाइसकेका छन् । बन्दुकबाट ज्यान गुमाएकाहरुको बोझ अमेरिकी संसदमा बहस चलीरहेको छ । अहिलेसम्म अमेरिकाले यस्तो बन्दुक राख्ने कानुन बदल्न सकेको छैन । अमेरिकी जनताले आधुनिक हतियार सजिलै किन्न सक्दा दिनहु जसो अमेरिकामा बन्दुक हिंसाका घटनाहरु बढीरहेका छन् ।
बन्दुक सम्बन्धी २०१९ को एक तथ्याङक अनुसार अमेरिकामा ६३ हजार भन्दा बढी बन्दुक लाइसेन्सको बन्दुक डिलर रहेको छ । जसले अमेरिकी नागरिकलाई ८० हजार करोड रुपैया भन्दा बढी बन्दुक विक्री गरेको थियो ।
अमेरिकाको सर्वोच्च अदालतले समेत घर बाहिर बन्दुक लिएर हिडने अमेरिकी जनताको संवैधानिक अधिकार भएको भन्दै सरकारले नियन्त्रीत गर्न नसक्ने फैसला समेत गरेको छ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected