अमेरिका–अमेरिकामा ग्रिनकार्ड तथा नागरिकताको लगायत आप्रवासीका असलाइम निर्णय समयमा नहुदा आवेदकहरुले समस्या झेल्न पुगेका छन् ।
अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा (युएससिआइएस) मा निर्णय भएर अन्तवार्ता कुरेका तथा निर्णयको लागी समेत तयार नभएका गरेर १३ दशमलव ७ मिलियन आवेदनहरु पेन्डिङमा रहेका छन् ।
युएससिआइएसले कोरोना महामारी र कर्मचारीको अभावका कारण यस्तो ब्याकलक रहेको बताउदै आएको छ । यसैले पनि युएससिआइएसले यो वर्षको अन्त सम्ममा ४ हजार कर्मचारी नियुक्त गर्ने तयारीमा लागेको छ ।
अध्यागनम सम्बन्धी विभिन्न आवेदनहरुको समय अवधिक घटाएर कम शुल्कमा छिटो छरितो निर्णय दिने तयारीको योजना समेत अगाडी ल्याएको छ । युएससिआइएसको बजेटको लगभग ९७ प्रतिशत उसले संकलन गरेको आवेदन शुल्कबाट खर्च गर्ने गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected