अमेरिकँ–अमेरिकाको टेक्ससको ड्यालस डाउनटाउन सडकमा नेपाली युवा २७ वर्षिय बसन्त अधिकारी माथि लुटघाट र मरणाशन्न हुने गरि कुटपीट भएको छ ।
अमेरिकाको स्वतन्त्र दिवस मनाउने क्रममा ड्यालस डाउनटाउन पुगेका उनी माथि लुटेराको समुहले लुटपाट गरि कुटपीट गरेका हुन ।
कुटपीटबाट उनको खप्परको हड्डी भाचिनुका साथै दातहरु झरेका छन् । अनुहार भरि चोटपटक लागेको छ । लुजियानामा बसोबास गर्ने बसन्तको विद्यार्थी हुन । उनलाई हेलिकप्टरबाट लुजियानाको अस्प्ताल लगेर उपचार भइरहेको छ । उनको अमेरिकामा परिवार कोही नभएकाले साथीभाईले हेरचाह गरिरहेका छन् । लामो समयसम्म अस्पतालमा बस्नु पर्ने भएकाले उनको भविष्यको उनको बिल र मेडिकल खर्चका लागी गोफन्ड मार्फत सहयोग आव्हान गरिएको छ ।
चिकित्सकहरुका अनुसार उनलाई निको हुन ६ महिना बढी लाग्ने र मानसिक आघात सदैव रही रहनेछ । यसैले उनको दीर्घकालिन जीवनको रक्षका लागी सहयोगको आव्हान गरिएको छ स्वप्निल अधिकारीले जनाएका छन्
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...