अमेरिका– गोली लागेर गंभीर घाईते भएका जापानका पुर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
नारा सहरमा भाषणका क्रममा उनी माथि गोली प्रहार भएकोमा गंभीर अवस्थामा उपचार हुदा हुदै निधन भएको जापानी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । भाषण गरिरहेका उनी माथि दुई गोली प्रहार भएको थियो ।
आबेलाई गोली हान्ने ४२ वर्षिय व्यक्तिलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । उनी भुतपुर्व जलसैनिक भएको बताइएको छ ।
६७ वर्षका आबे२००६ देखि २००७ तथा २०१२ देखि २०२० सम्म दुईपटक प्रधानमन्त्री भएका थिए । जापानमा हाते बन्दुक प्रतिबन्ध रहेको छ । तर यो घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected