मेक्सिको पार गरेर आएका गैरकानुनी आप्रवासीलाई मेक्सिको फिर्ता पठाउन आदेश
टेक्सस–मेक्सिको सिमा पार गरेर आएका गैरकानुनी आप्रवासीलाई पक्राउ गरेर मेक्सिको फिर्ता पठाउन कार्यकारी आदेश जारी भएको छ
टेक्ससका गर्भनर ग्रेग अबोटले राज्यका नेशनल गार्ड र डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीलाई यस्तो अधिकार सहितको कार्यकारी आदेश दिएका हुन ।
गर्भनर अबोटले गैरकानुनी रुपमा मेक्सिको हुदै अमेरिका प्रवेश गर्ने आप्रवासीलाई पक्राउ गरि मेक्सिको फिर्ता पठाउने निर्देशनमा बिहीबार हस्ताक्षर गरेका थिए । उनले चालेको कदम अहिलेसम्मकै कडा भएको बताईएको छ । उनले बाइडेन प्रशासनले गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् । गर्भनर अबोटले एक वर्ष भन्दा लामो समय देखि गैरकानुनी आप्रवासीलाई निगरानी गर्न सिमाहरुमा सेना र नेशनल गार्डका सदस्यहरु परिचालन गदै आएका छन् ।
उनले अमेरिकामा गैरकानुनी आप्रवासी प्रवेशले अध्यागमन अपराधको श्रृखला बढेकोले पक्राउ गरि मेक्सिको फिर्ता पठाउने निति लिएका छन् ।
तर नेशनल गार्ड र डिपाटमेन्ट अफ पब्लिक सेफटीका प्रतिनिधीले गर्भरनको आदेशको जवाफ दिएका छैनन ।
अमेरिकाको अध्यागमन कानुनले राज्यलाई नभई संघीय सरकारलाई गैरकानुनी आप्रवासीलार्य पक्राउ गर्ने, थुनामा राख्ने र डिपोट गर्ने अधिकार दिन्छ ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...
-
Prince William times केा रिपेार्ट ...