अमेरिका–अमेरिकाको अध्यागमन एजेन्सीले उपलब्ध रहेको २ लाख ८० हजार ग्रिनकार्ड जारी गर्न तयारीमा अघि बढेको छ ।
यो वर्ष रोजगारीमा आधारित ग्रिनकार्ड जारी गर्न दबाब युएससिआइएसलाई परेको हो ।
गत वर्ष अमेरिकाको नागरिकता तथा अध्यागमन सेवाले कोराना महामारीको कारण काम अघि बढन् सकेको थिएन । अघिल्लो वर्ष ६६ हजार भन्दा बढी रोजगारमा आधारिकत ग्रिनकार्डहरु जारी नभई खेर गएको थियो । युएससिआइएसले गत वर्षको तुलनामा भन्दा यो वर्ष ठुलो कामको बोझको सामना गर्न पुगेको छ । कोरोना महामारीका कारण गत वर्ष हजारौ ग्रिनकार्ड भिसा खेर गएको थियो ।
गत दुई वर्षमा उपलब्ध रोजागरमा आधारित ग्रिनकार्ड कोभिड महामारी तथा अमेरिकी दुताबास र कन्सुलर सेवाहरु बन्द हुदा जारी हुन सकेन । परिवारमा आधारित ग्रिनकार्ड समेत सिमित संख्यामा जारी भयो । गत वर्ष युएससिआइएसले १ लाख ८० हजार ग्रिनकार्ड जारी गरेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected