१९८० को दशकमा हराएका पुरातात्विक टॅुडाल अमेरिकाबाट नेपाल फर्काइयो

अमेरिका֪–काठमान्डौको टेकु स्थित नारायण मन्दिरबाट हराएर अमेरिका आइपुगेको ७ सय वर्ष पुराना पुरातात्विक टॅुडालहरु नेपाल फर्काइएको छ ।
१९८० को दशकमा नारायण मन्दिरबाट हराएका टॅुडालहरु अमेरिकाबाट नेपाल फर्काइएको हो । यी दुई टॅुडालहरु १२–१३ औ शताब्दी हुन । कलाप्रेमी क अमेरिकी नागरिकले न्युयोर्क स्थित नेपाली कन्सुलेट जनरलमार्फत नेपाल फिर्ता पठाएका हुन ।
ति कलाप्रेमी अमेरिकी नागरिकले नेपालसम्म ति कलाकृति पुराउन खर्च पनि आफैले बेहोरेका नेपाल स्थित अमेरिकी दुताबासले जनाएको छ ।
नेपाल स्थित अमेरिकी दुताबासकी निमित्त मिसन प्रमुख एबिगेल अरोन्सन ले संस्कृति , पर्यटन तथा नागरिक उडयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई टॅुडालहरु हस्तान्तरण गरेकी थिइन ,।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...