अमेरिकाले ग¥यो सिरियामा डोन हमला आइएसआइएसका एक खतरनाक नाइके मारिए
अमेरिका–अमेरिकाले सिरियामा ड्रोन आक्रमण गरेको छ ।
ड्रोन हमलामा आइएसआइएसका पाच शीर्षक आतंककारी मध्येका एक नेता माहेर अल अगल मंगलबार मारिएका छन् ।
अमेरिकाको रक्षा विभागको मुख्यालय पेन्टागनले सिरियाको उत्तर पश्चिम सिमामा मारिएको पृष्टि गरेको हो । उक्त आक्रमणमा कुनै आम नागरिकको हताहती भएको छैन ।
मारिएका आतंकवादी सगठनका नाइके मध्येका एक अगल इराक तथा सिरिया भन्दा बाहिर आइएसको नेटवर्कको विकास आक्रमक रुपमा अगाडी बढाउने काममा जिम्मेवार रहेको ठहर गरिएको छ ।
अमेरिकी सेनाका कर्णेल जो बुकिनोले यो आक्रमणपछि आइएस कमजोर भएको बताएका छन् । एउटा समय आइएिसले सिरिया देखि इराक सम्म ४० हजार बर्ग माइल भन्दा धेरै क्षेत्रमा कब्जा जमाएको थियो । अहिले यो आतंकवादी समुहको सगठन कमजोर हुदै गएको छ ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















