अमेरिका–अमेरिकाको भर्जिनियामा भीषण बाढीपछि बेपत्ता भएका ४४ जना भन्दा बढीको खोजी कार्य जारी रहेको छ ।
दक्षिण पश्चिम भर्जिनियाको बुक्यानन् काउन्टीको दुर्गम क्षेत्रमा आएका बाढीमा सय भन्दा बढी घरहरु ध्वस्त भएको अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
बाढीले पुल सडक र भौतिक संरचनाहरु धेरै क्षति पुगेको छ । संचारसम्पर्क समेत विच्छेद भएकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ । रुखहरु ढल्नुका साथै सवारी साधनहरु समेत बगाएको छ ।
भर्जिनियाका गर्भनरले उद्धार कार्यमा मदतका लागी उक्त क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरिसकेका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...