अमेरिका–अमेरिकामा महंगी शिखरमा पुगेको छ । विशेष गरि खाना, ग्यास तथा दैनिक उपभोग्य बस्तुको महंगीले शिखर छुन पुगेको हो । यो मंहगी चार दशक यताको सबै भन्दा उच्च भएको अर्थविद्हरुले बताएका छन् ।

अमेरिकामा गएको मे महिनामा मंहगी बृद्धिदर ८ दशमलव ६ प्रतिशत रहेकोमा जुन महिनामा ९ दशमलव १ प्रतिशत पुगेको छ । यो आधारमा पनि एक महिनामा मुल्यवृद्धि १ दशमलव ३ प्रतिशतले बृद्धि भएको छ । नया कारको मुल्य एक वर्ष अघिको तुलनामा ११ दशमवल ४ प्रतिशतले बढेको छ । त्यस्तै विमान भाडा दर पनि एक वर्ष अघिको तुलनामा ३४ प्रतिशत बढेको छ ।
महंगीको एउटा तथ्याङकलाई नियालेर हेर्दा एक वर्ष अघिको तुलनामा दैनिक उपभोग्य बस्तुको मुल्यमा १२ दशमलव २ प्रतिशतले बढेको छ । यो मुल्यवृद्धि सन् १९७९ पछि सबैभन्दा धेरै हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected