अमेरिका– इन्धन सकिएपछि मिजौरी राजमार्गमा आफनो सानो जहाज अवतरण गर्ने एक पाइलटलाई मादकपदार्थ सेवन गरको आरोपमा पक्राउ गरिएको छ ।
३५ वर्षिय पाइलट जोन सिसिङलाई मादक पदार्थ सेवन गरेको पाइएपछि पक्राउ गरिएको हाइवे पेट्रँेलले जनाएको छ ।
उनले सानो जहाज फलोरिडाबाट क्यान्सस सिटीको सिटी डाउनटाउन एयरपोर्टका लागी उडान भरेको बताइन्छ ।
ग्रेन भ्यालीको क्यान्सस सिटी नजिकै राजमार्गको लेनहरु अवरुद्ध भएको थियो ।
राजमार्गमा सानो जहाज अवतरण हुदा सडकमा सवारी साधन ठक्कर खानबाट जोगिएका थिए ।
जहाजमा पाइलट मात्र रहेका थिए । उनलाई सामान्य चोटपटक मात्रै लागेको बताइएको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...