अमेरिका– अमेरिकामा एक महिलाले टिकटकमा आफनो प्रविधी सम्बन्धी जागीरको बारेमा कुरा गरेको र सुझाव दिएको भिडियो सार्वजनिक गरेपछि जागीरबाट निकालिएकी छन
।
डेनभरकी लेक्सी लार्सन नामकी महिलाले टेक इन्डिस्टीमा ७० देखि ९० हजार डलर आम्दानी हुने गरेको भिडियो सार्वजिनक गरेकी थिइन । उनले त्यो जागीर कसरी पाइन भन्ने बारेमा पनि थप भिडियो पोष्ट गरेकी थिइन ।
दुई सातापछि थप भिडियो पोष्ट गरेपछि कम्पनी मालिकले अकाउन्ट पत्ता लगाएपछि केही भिडियो उनले हटाइन पनि ।
तर पछि उनलाई कम्पनीले फायर गरेको उनले बताएकी छिन् । उनले कम्पनीको नाम र मालिकको नाम भने खुलाएकी छैनन । उनले सामाजिक संजाल मार्फत टिकटकमा भिडियो पोष्ट गरेकै कारण आफनो जागीर गुमेको उल्लेख गरेकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...