अमेरिकाको राजधानीको डिसी क्षेत्रमा नेपाली महिला बेबारिसे भेटिइन
अमेरिका– अमेरिकाको राजधानी बासिङटन डिसी क्षेत्रको सडकमा एक नेपाली महिला नाजुक र बेबारिसे अवस्थामा फेला परेकी छिन् ।
बासिङटन डिसीको थर्टिन एन्ड यु स्ट्रीटमा सैलुन व्यवसाय संचालन गदै आएकी अन्जना बस्यालले उनलाई फेला पारेपछि सामाजिक संजालमा भिडियो शेयर गरेकी छिन् ।
अन्जनाले सामाजिक संजालमा कुराकानी गरेर शेयर गरेको भिडियोमा ति महिलाले आफनो नाम सृजना श्रेष्ठ बताएकी छिन् । उनको अवस्था हेर्दा स्वास्थ सम्बन्धी समस्या समेत देखिएको छ । उनले कुराकानीका क्रममा आफु मेरिल्यान्डमा बस्ने गरेको बताएकी छिन् । उहा“को नाजुक अवस्था र स्वास्थयमा पनि समस्या देखिएको छ’ अन्जनाले युएसनेपाल पोष्टसंगको कुराकानीमा भनिन–सबैले उद्धारका लागी पहल अब पहल गर्नुपर्छ ।
तर उनी लामो समय देखि सडकमा बेबारिसे अवस्थामा हिडेको अवस्थामा देखिएको बताइएको छ ।
अन्जनाले गरेको कुराकानीमा उनले आफुलाई डक्टर र नेपालको घर जावलाखेल बताइरहेकी छिन् । उनले आफनो परिवारको सदस्यहरुको नाम समेत बताएकी छिन् । झुत्रे पहिरनमा उनी सडकमा भेटिएकी हुन । उनको परिवार सम्म पुराउन सबैले सहयोग गरिदिन अन्जाल बस्याले सबैलाई आग्रह गरेकी छिन् ।
यतिबेला सामाजिक संजालमा ति महिलाको उद्धारका लागी अमेरिकामा रहेको एनआरएनए र अन्य सामाजिक संघ संस्थारुले पहल गरिदिन आग्रह गरिएको छ । उनले जर्ज बासिङटन युनिभर्सिटी पढाउने बताएकी छिन् ।
सम्बन्धित खवर
-
नयाँ वर्षको पहिलो दिन, न्यू ...