अमेरिका–अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा युएसिसिआइएस ले रोजगारमा आधारित ग्रिनकार्ड आवेदन दिन एक सुचना मार्फत आग्रह गरेको छ ।
आई १४० फारम स्वीकृत भएका आवेदकहरुले ग्रिनकाडको आवेदन आई ४८५ तुरुन्त फाइल गर्न आग्रह गरेको हो ।
कोरोनामहामारीका कारण १ लाख ४० हजार कोटाको ग्रिनकार्ड सबै जारी हुन नसककोले आगमी सेप्टेम्बर ३० सम्म जारी गरिसक्नुपर्ने छ । कोरोनाकालिन समयमा कन्सुलर सेवा बन्द हुदा यो समस्या भएको हो । यो भिसा रोजगारदाता संगै पति पत्नी र छोराछोरीका लागी उपलब्ध हुन्छ । अन्यथा यो कोटोको भिसा प्रयोग नभई खेर जान सक्छ ।
प्रत्येक वर्ष युएससिआइएसले १ लाख ४० हजार रोजगारमा आधारित ग्रिनकार्ड प्रदान गदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected