अमेरिका– अमेरिकाको बाइडेन प्रशासनले परिवार र बालबालिकाहरुलाई मेडिकेट कभरेजका लागी ४९ मिलियनको अनुदान घोषणा गरेको छ ।
यो अनुदानले असुरक्षीत रहेका आधा भन्दा बढी बालबालिका मेडिकेट, चिप पाउन यो बाल स्वास्थ कार्यक्रम मार्फत निशुल्क कभरेजका लागी योग्य हुनेछन् । यो विशेष गरि कम आम्दानी भएका परिवारका बालबालिको निशुल्क मेडिकल कभरेज प्राप्त गर्ने बताइएको छ । यो स्वास्थ विमा नभएका परिवारका बालबालिकालाई पनि सहयोग पुग्नेछ ।
स्वास्थय सम्बन्धी अनुदानहरु बाहिर मुलुक गरिरहेकाले देश भित्र प्रयोग गर्न यो अनुदान लाभदायक हुने विश्वास गरिएको छ ।
अहिले मेडिकेड भएका ६.७ मिलियन बालबालिका मध्ये केहीले आफनो कभरेज गुमाउने संभावना छ । उनिहरुले प्रशासनिक त्रुटी र कागजजात छुटफुटका कारण आपनो कभरेज गुमाउनेछन् ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















