अमेरिका– अमेरिकाको हाउस डेमोक्रेटले बुधबार कागजजात नभएका आप्रवासीका लागी एउटा राहतको बिधेयक ल्याएको छ ।
हाउस डेमोक्रेटहरुको समुहले अमेरिकामा सात वर्ष देखि अमेरिकामा बसेका आप्रवासीहरुलाई कानुनी बसोबासका लागी आवेदन दिन सक्ने बिधेयक पेश गरेको हो । यो विधेयकले सातवर्षदेखि अमेरिकमा बसेका कागजपत्र नभएका आप्रवासीलाई ग्रिनकार्डका लागी संघीय सरकारमा दर्ताका सहज अवस्था सृजना गर्नेछ ।

४६ जना डेमोक्रेटहरु यो बिलमा सहभागी भएका हुन । क्यालिफोर्निया डेमाक्रेटिक प्रतिधिनी लु कोरिया र नोर्मा टोरेस, न्युयोर्क डेमोक्रेटिक प्रतिनिधी एड्रीयानो एस्पेलाट, ग्रेस मेङ र जेसुस गार्सिया द्धारा पेश गरिएको विधेयकले अध्यागमन र राष्ट्रियता ऐनमा एक लाइन परिवर्तन गर्नेछ । यो बिल रजिस्ट्री भनेर चिनिन्छ ।

यो बिलले लाखौ कागजपत्रबिहीनलाई कानुनी प्रकृयाको बाटोमा ल्याउन मदत गर्ने विश्वास गरिएको छ ।
अहिले अमेरिकामा कागज नभएका आप्रवासीलाई आफनो अबैधानिक अवस्थालाई बैधानिक बनाउन संभव हुन सकेको छैन । यही अवस्थालाई टेकेर हाउस डेमाक्रेटले यो विधेयक अगाडी सारेको हो । यो बिल हाउस हुदै सिनेटमा लगेर पास गर्ने तयारी भइरहेको छ । यो बिलले वर्षो देखि कागजको प्रतिक्षामा रहेका कागजबिहीन आप्रवासी ग्रिनकार्ड हुदै नागरिकतको बाटोमा जान सहज हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected