अमेरिका-तीन वर्ष अघि अमेरिकाको न्युजर्सिबाट बेपत्ता भएकी एक २८ वर्षिया भारतीय महिलालाई अमेरिकाको संघीय जाच ब्युरो (एफबिआई) ले बेपत्ताको सुचीमा सामेल गरेको छ ।

समाचार अनुसार २०१९ अप्रिल २९ मा मायुसी भगत नामकी महिला न्युजर्सि स्थित जर्सि सिटीबाट लापत्ता भएकी थिइन । उनी आफनो अर्पाटमेन्टबाट त्यतिबेला र ंगीन पाइजामा पेन्ट तथा कालो रंगको टिर्सट पहिरिएर निस्केको आफन्त जनले बताएका छन् । त्यसपछि आफन्तजनले २०१९ को मे एक तारिख प्रहरीमा हराएको रिपोर्ट गरेका थिए ।
पारिवारिक स्रोतका अनुसार उनी २०१६ मा विद्यार्थी भिसामा अमेरिका आएकी थिइन । उनी न्यु
हेम्पसायर विस्वविद्यालयमा अध्ययन गदै आएकी थिइन । एफबिआईले उनी बारे जानकारी भए नजिकको संघीय जाच ब्युरोमा सम्पर्क गर्न आग्रह गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected