अमेरिका–अमेरिकाको न्युयोर्कमा झन्डै एक दशक पछि पोलियो को पहिलो केश देखिएको छ
न्युयोर्कको रकयान्ड काउन्टीमा पोलियो संक्रमण भेटिएको पुष्टि भएको हो ।
बासिङटन पोष्ट पत्रिकाले स्वास्थय अधिकारीको हवाला दिदै गएको जुनमा अस्पताल भर्ना गरिएका २० वर्षिय युवा अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अहिले उनलाई हिडडुल गर्न समस्या भएको बताइएको छ ।
काउन्टीमा पोलियो देखिएपछि स्वास्थय अधिकारीहरुले आफना बालबालिकालाई खोप लगाउन अभिभावकहरुलाई अपिल गरेका छन् ।
न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ हेल्थका अनुसार पोलियोबाट संक्रमीत ९५ प्रतिशतमा कुनै लक्षण देखिएको छैन । तर पनि भाइरस फैलिन सक्ने भएकाले सर्तक रहन आव्हान गरिएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...