अमेरिका–अमेरिकाको शिकागो सहरमा बसोबास गदै आएकी पाकिस्तानी मुलकी २९ वर्षिया सानिया खानको हत्या भएको छ ।
आफनै पतिले ले सोसल मिडियामा आफनो सम्बन्धबिच्छेदको बारेमा खुलेर कुरा गरेको भन्दै पुर्व पति ३६ वर्षिय राहिल अहमदले गोली हानी हत्या गरेका छन् । उनले पुर्व पत्नीको हत्यापछि आफुले पनि आत्महत्या गरेको प्रहरीलाई उद्धीत गदै एबिसिी न्युजले जनाएको छ। उनले भिडियो शेयरिङ एप टिकटकमा भिडियो शेयर गरेकी थिइन । उनी एटलान्टाबाट शिकागो हालै मात्र बसाइ सरेकी थिइन ।
घरमै पुगेर गोली हानेको समाचार एजेन्सीहरुले जनाएका छन् । उनिहरुको विवाह भएको एक वर्ष पनि नहुदै सम्बन्ध टुटेको बताईन्छ । हत्या गरिएकी सानिया व्यवसायिक फोटोग्राफर समेत रहेकी थिइन ।
उनले घटना अगाडी सामाजिक संजालमा गरेको अन्तिम पोष्ट यस्तो थियो– आफुले माया गरेको व्यक्तिबाट टाढा जानु पीडादायी हुन्छ तर लार्पावाही व्यक्तिलाई हदयबाट माया गर्नु झनै पीडा हुनेरहेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected