अमेरिका–अफ्रिकी मुलुक हाइटीबाट अमेरिकाको फलेारिडाकेा मायामी आउदै गरेकेा आप्रवासी चढेको डुंगा समुन्द्रमा पल्टिदा १७ जनाको ज्यान गएको छ ।
बहामास समुन्द्र तटमा ६० भन्दा बढी सवार डुंगा बढी क्षमताका कारण अनियन्त्रित भई सुमन्द्रमा पल्टिएपछि गोताखोरले १७ जनाको शब निकालेको हो । १७ जना मृतकहरुमा १५ महिला , एक नाबालक र एक पुरुष रहेका छन समुन्द्रबाट २५ जनाको उद्धार गरिएको छ । अझै केही समुन्द्र हराइरहेको हुन सक्ने बताइएको छ ।
सामुहिक हिंसा र गरीबीबाट बच्न हाइटीका आप्रवासीहरु अमेरिका आउने कोसिस गर्दा यस्तो घटना भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । मानव तस्करीको आरोपमा बहामास अधिकारीहरुले दुई सन्दिग्धलाई पक्राउ गरेको छ । मृतकको मुखबाट बचेकाहरुले यो यात्राका लागी तस्करलाई ८ हजार डलर दिएको बताएका छन् ।
मानव तस्कर अभियानको अपराधिक जाच अधिकारीहरुले सुरु गरेका छन् ।

तस्वीर रेायटर्स

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected