अमेरिकाको क्यालिफोर्निया भीषण आगलागी १६ हजार एकड जमीनमा फैलियो
अमेरिका–अमेरिकाको सेन्ट्रल क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी १६ हजार एकड भन्दा बढी जमीनमा फैलिसकेको छ ।
आगलागीबाट ६ हजार भन्दा बढी मानिसहरु विस्थापित भइसकेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आगलागीबाट ३ हजार बढी घर तथा व्यापरिक प्रतिष्ठानहरु खतरामा परेका छन् । म्यारिपोसा काउन्टीमा इर्मेजेन्सी घोषित गरिएको छ ।
गएको शुक्रबारबाट आगलागी भएको क्यालिफोर्नियाका अधिकारीहरुले बताएका छन् । आगलागीबाट योसेमिटी नेशनल राष्ट्रिय निकुञ्ज प्रभावित बनेको छ । यो निकुञ्ज विश्वमै प्राचित र ठुला रुखहरुका कारण परिचित छ । यो अमेरिकाको सबैभन्दा लोकप्रिय पार्क मध्ये एक हो । अग्नियिन्त्रकहरुले आगलागी नियन्त्रण गर्ने प्रयास जारी राखे पनि संभव हुन सकेको छ्रैन ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...