अमेरिका–

ए देश
मेरी आमाले बनाएको
सानो काठको बाकस भर्ने पैसा बोकेर
म अरबबाट घर फर्के भने त ठिकै हो
तर
त्यसभन्दा ठुलो रातो काठको बाकसमा
आफै भरिएर फर्के भने ?
चर्चित युवा कवि नवराज पराजुलीले परदेशको पीडा यसरी छताछुल्ल कवितामा पोखेको यर्थाथता हो ।
यिनै लोकप्रिय कवि यदि अमेरिकामा परदेशीलाई कविता सुनाउन आइपुगेका छन् । बाल्टीमोरमा उनले एक जोर कविता सुनाइसकेका छन् । कविता सुनाउदै देश विदेश चाहरिहेका कवि पराजुली जनमानसले रुचाईएका स्रष्टा हुन ।
फेरि उनी अमेरिकाको ड्यालस टेक्ससमा आफना मिठासपुर्ण कविता र खरो बाचनशैली सहित टेक्ससका नेपालीहरुलाई सुनाउन आउदैछन् । सशक्त र खरा कवि पराजुलील्े आम अनुभूतिलाई जीवनका साझा विम्बमार्फत व्यक्त गदै आएका छन् २०१७ मा सगरमाथाको गहिराई कवितामा उनले पदमश्री पुरस्कार पाएका थिए ।
दमदार कविता संगै वाचन शैलीका कारण समेत मन पराइएका यी कविलाई नेपाली समाज टेक्सस र अन्तराष्ट्रिय साहित्य समाज ड्यालसको सयुक्त आयोजना हुन ड्यालस साहित्य साझ कार्यक्रमका लागी आउदो अगष्ट ७ तारिक टेक्ससमा आउदैछन् । टेक्ससको हस्र्टको हर्ब इन्डियन रेष्टुरेन्टमा उनले कविता पस्कनेछन् ।
देश विदेशमा रुचाइएका यी कविलाई हामीले नेपालीहरुको अधिक बसोबास रहेको टेक्सस ड्यालस क्षेत्रमा ल्याउने जमर्को गरेका हौ’ आयोजक नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र बाग्लले भने– उनको आगमनले टेक्सस साहित्यमय हुनेछ ।’
उनका अनुसार उक्त कार्यक्तम साझ ६ देखि १० बजेसम्म चार घण्टा संचालन हुनेछ । टिकटमा कविता सुन्नका लागी ३० डलर शुल्क तोकिएको छ ।
कवि पराजुलीका हेब्बी बड्डे, सगरमाथाको गहिराई, पखाई, पिरती, रुख खोया, एक्लै लगायतका थुप्रै कविता लोकप्रिय छन् ।

कवि पराजुलीको अमेरिका संगै क्यानडामा जुलाई एक तारिक देखि कविता कन्र्सट कार्यक्रम सुरु भइसकेको छ । उनी झन्डै पाच महिना अमेरिका तथा क्यानडामा कविता कन्र्सटको कार्यक्रममा सहभागी हुनेछन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected