अमेरिका–भारतीय मुलकी अमेरिकी सांसद प्रमिला जयपाललाई ज्यान लिने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन् ।
सियाटल प्रहरीले ब्रेट फोरसेल नामका व्यक्तिलाई पक्राउ गरेको हो । किङ काउन्टी सरकारी वकीलको कार्यलयले प्रहरीले प्रमाणहरु जुटाएपछि बुधबार आरोप लगाइएको हो।
जयपालको सियाटल स्थित घर बाहिर अश्लिल गाली र धम्की दिएपछि आरोप गएको जुलाई ९ मा पक्राउ परेका थिए । उनले कम्मरमा गन भिरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
छिमेकीले समेत ति व्यक्तिले सासद जयपालाई ज्यान लिने धम्की दिएको प्रहरीसंगको बयानमा बताएका छन् ।
ति व्यक्तिले गएको जनवरीमा जयपाललाई इमेल पठाउदै आफुलाई उनी मन नपर्ने बताएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected