अमेरिका–अमेरिकाको केन्टकीमा आएको बाढीले १६ जनाको ज्यान लिने गरि भौतिक श्रति पुगेपछि राष्ट्रपति जो बाइडेनले मुख्य प्रकोप क्षेत्र घोषणा गरेका छन् ।

बाइडेन सरकारले शुक्रबार ठुलो प्रकोप क्षेत्र घोषणा गदै बाढीबाट विस्थापित र पीडितहरुका लागी मदन गर्न संघीय सरकारलाई आदेश समेत दिए । मृतकहरु बालबालिका र महिला पनि परेका छन् । हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । मृतकहरुको संख्या अझै बढन सक्ने अनुमान गरिएको छ ।
विनासकारी बाढीबाट अझै कयौ बेपत्ता भइरहेको छन् । बाढीबाट घरहरु , व्यवसाय तथा सडकहरु जलमग्न भएका थिए । केन्टकी सरकारले यो इतिहासकै खराब र विनाशकारी बाढी भएको बताएका छन् ।
केन्टकी राज्यका कम्तीमा १२ काउन्टी बाढीबाट ठुलो क्षति पुगेको छ । बाढीकै कारण ३३ हजार मानिसहरुले बिजुलीको अभाव झेल्न पुगेका छन् । भारी वर्षाका कारण जलमग्न हुदा घरहरु डुबानमा परेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected