अमेरिका– दोस्रो विश्वयुद्धमा ६० लाख बढी यहुदीको हत्या गर्ने हिटलरको घडी १० लाख डलर भन्दा बढी मुल्यमा लिलामी भएको छ ।
अमेरिकाको मेरिल्यान्डको अलेक्जेन्डर हिस्टोरिकल अक्सन हाउसमा आयोजीत कार्यक्रममा लिलामी भएको हो । हयुबर कम्पनीको घडी बिक्रीको यहुदी नेताहरुले विरोध जनाएका छन् ।
लिलामीको उद्देश्य इतिहासको संरक्षीत गर्ने रहेको लिलामी हाउसले जनाएको छ ।
हिटलरले १९३३ र १९४५ बीच नाजी जर्मनीको नेतृत्व गरेका थिए । यो घडी तत्काली समयमा अर्थात १९३३ ताका हिटलरको जन्मदिनमा उपहारको रुपमा दिइएको थियो । त्यो बेला उनी जर्मनीका चान्सलर थिए ।
बिबिसीको एक रिपोर्ट अनुसार हिटलरका अन्य सामानहरु पनि लिलामीमा राखिएको छ ।
उनको पत्नी इबा ब्राउनको डे«स, नाजी अधिकारीकीको हस्ताक्षर रहेको फोटो पनि सामेल रहेको छ ।
३४ यहुदी नेताहरुले एक खुला पत्र लेखेर यो बिक्रीलाई घृणित काम भन्दै निलामीबाट नाजी बस्तु हटाउन आव्हान गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected