अमेरिकामा ठगीको आरोपमा एक भारतीय अमेरिकी जेल चलान
अमेरिका–अमेरिकामा एक भारतीय अमेरिकीलाई ठगीको आरोपमा तीन वर्षको जेल सजाय भएको छ ।
समाचार एजेन्सीको रिपोर्ट अनुसार २९ वर्षिय हिरेनकुमार पि चौधरीले टेली मार्केटिङ स्कीम मार्फत अमेरिकी नागरिकलाई ठगीको आरोपमा जेल सजाय भएको हो ।
अघिल्लो वर्ष उनलाई अमेरिकाको एउटा अदालतले दोषी ठहराएको थियो । ठगी गरेर कमाएको पैसा वैध बनाएको भन्दै उनलाई पक्राउ गरिएको थियो ।
उनलाई अघिल्लो वर्ष अदालतले दोषी ठहर गरेको थियो । उनले बैंक अकाउन्ट खोल्न नक्कली भारतीय पासपोर्ट, झुठो नाम र झुठो ठेगाना प्रयोग गरेका थिए ।
उनले आफुलाई अमेरिकाको न्याय विभाग संग सम्बन्धीत रहेको भन्दै झुठो दाबा गदै ठगी धन्दा चलाएका थिए । उनले आरोपी पिडितहरुलाई फोन गरेर उनिहरुको सबै जानकारी चोरी भएको र बैकमा जम्मा भएको पैसा अर्को बैकमा सार्नु पर्ने बताएर ठगेका थिए ।
समाचार अनुसार उनले म्यासाच्युसेटसकी एक जना सेवाबाट अवकाश नर्सबाट ९ लाख डलर ठगेका थिए । उनले अन्य पीडितबाट पनि लाखौ रकम ठगी गरेको खुलेको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...