अमेरिका–अमेरिकाले अलकायदाका आतंककारी घोषित अल जवाहिरी मारिएपछि आफना नागरिकलाई विदेश यात्रामा उच्च सर्तकता अपनाउन अपिल गरेको छ ।
आतंककारी संजालका एमेन अल जवाहिरीको हत्यापछि अलकायदाले अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने भन्दै यस्तो अपिल गरेको हो ।
अमेरिकाले गएको शनिवार अफगानिस्तानको राजधानी काबुलमा एउटा इलाकाको घरमा अमेरिकी ड्रोन आक्रमणमा जवाहिरी मारिएका थिए ।
उनले हत्यापछि अमेरिकी विदेश विभागले एउटा अर्लट जारी गदै विदेश भ्रमणका क्रममा अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने भन्दै उच्च सर्तकता अपनाउन भनेको हो ।
आतंकवादीले अमेरिकी माथि निशाना बनाइरहेको हुन सक्ने भएकाले आत्मघाती हमला अपहरण, विष्फोट जस्ता आतंककारी घटना घटाउन सक्ने भएकाले विदेश यात्राका क्रममा यस्तो यात्रा परामर्श जारी गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected