अमेरिका–अमेरिकाको न्युयोर्कमा एक भारतीय मुलकी महिलाले एउटा भिडियो बनाएर आत्महत्या गरेकी छिन् ।

३० वर्षिया मन्दिप कौर नामकी महिलाले झुन्डिएर आत्महत्या गरेकी हुन । आत्महत्या गर्नु अघि उनले बनाएको भिडियो सामाजिक संजालमा भाइरल भएको छ ।
उनले आत्महत्या गर्नु अघि रुदै भिडियो बनाउदै आफुले वर्षो देखि दुव्र्यवहार सहेको बताएकी छिन् । उनको दुई छोरी रहेको र छोरा नभएपछि पति रंन्जोतविर सिंह सिन्धुले वर्षो देखि दुव्र्यवहार गरेका थिए । उनले रेकर्ड गरेको भिडियोमा भनेको कुराले सबैलाई हैरान बनाएको छ ।
उनले भिडियोमा वर्षो देखी आफुले मारपीट सहेको र सबै ठिक होला भन्दा झनै पीडा बल्झेको बताएकी छिन् । आठ वर्ष भइसक्यो कुटपीट सहेको उनले भिडियोमा भनेकी छिन्– म आज जीवन जीउन सकिन ।
उनले आफनो मुत्युको जिम्मेवार पति र सुसुराली परिवार जिम्मेवार रहेको बताएकी छिन् । उनले ४ र ६ वर्षको छोरी छाडेर गएकी छिन् ।
उनले आत्महत्या गर्नु अघि आफनो पितालाई आफु मर्न लागीरहेको र माफ गर्न भनेकी छिन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected