अमेरिका– फलोरिडाको मायामीमा एउटा अचम्मको प्रतियोगिता आयोजना गरिएको छ ।
अंजीगरले आतंक मच्चाएपछि यस्तो प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिता साता दिनसम्म जारी रहने बताईएको छ । प्रतियोगितामा ८ सय भन्दा बढी प्रतियोगिहरु सहभागी रहेका छन् ।
गएको शुक्रबार देखि सुरु भएको प्रतियोगिता आउदो अगष्ट १५ मा समाप्त हुनेछ । अंजीगर समात्ने शिकारीलाई २५ सय डलर पुरस्कार दिइनेछ । जसले धेरै समात्छ उसलाई यो भन्दा अझै बढी रकम प्रदान गरिनेछ ।
फलोरिडाकी प्रथम महिला केसी डसेन्टिसले अंजीगर आक्रमक जीवन भएकाले यसले मुल चराहरु, स्तनधारी र सरीसृप माथि आक्रमण गरि सखाप पादै गएकाले अंजीगर मार्ने योजना बनाएको बताएकी छिन् ।
यो प्रतियोगितामा अहिले सम्म ३२ राज्य र क्यानडाबाट शिकारीले भाग लिएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected