अमेरिका– अमेरिकाको न्यु मेक्सिकोमा हत्या गरिएका चार जना मुस्लिम पुरुषहरुको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
निकै चर्चामा रहेको यो हत्याकान्डको घटनामा प्रहरीलाई प्रहरीलाई आरोपी पहिचानमा सफलता मिलेको हो । प्रहरीले ५१ वर्षिय मोहमद सैयदलाई एक दिन अघि नै सवारी रोक्ने क्रममा पक्राउ गरेको थियो । अभियुक्त पाच वर्षदेखि अमेरिका बस्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ ।
यो हत्याकान्डले राष्ट्रपति जो बाइडेनको समेत ध्यान खिचेको थियो । उनले यस प्रकारको हत्या गर्नेहरुको अमेरिकामा कुनै स्थान नरहेको बताएका थिए ।
हत्या के कारणले गरिएको हो भन्ने बारेमा अझै स्पष्ट हुन सकेको छैन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected