अमेरिकामा २००५ पछि यो कार किन्नु भएको छ भने कम्पनीलाई फिर्ता गर्नुहोला
अमेरिका– कारका सौखिनहरुका लागी फेरारी लोकप्रिय कार कम्पनी हो । विशेष गरि यो कम्पनीको कार तिव्र गतिको निर्माणका लागी परिचित मानिन्छ ,।
भर्खर मात्रै यो कार कम्पनीले २००५ पछि निर्माण भएको आफनो कारहरु फिर्ता गर्न उपभोक्तालाई आग्रह गरेको छ । समाचार अनुसार यो वर्षपछि निर्माण गरिएको कारको ब्रेकमा समस्या आएपछि कम्पनीले यस्तो आग्रह गरेको हो ।
कम्पनीले कुनै पनि दुर्घटनाबाट बच्नका लागी यो कार प्रयोगकर्ता समक्ष कार फिर्ता गर्न अपिल गरेको छ । पुनः फेरि जाच गरेपछि कार प्रयोगकर्तालाई फिर्ता गर्ने बताएको छ ।
अमेरिकामा धेरै फेरारी कारमा ब्रेकको समस्या देखिएको छ । कम्पनीले केवल अमेरिकामा विक्री गरिएको कारको चेकजाच गर्ने फैसला गरेको हो ।
एउटा ताजा तथ्याङक अनुसार अमेरिकामा २००५ पछि यो कम्पनीको कार २४ हजार भन्दा बढी युनिट कार विक्री गरिएको छ।
कम्पनीले फिर्ता गर्न माग गरेको कार मध्ये एक प्रतिशतमा यस्तो समस्या आउने सभाजना देखिएको बताएको छ।
सम्बन्धित खवर
-
टेक्सासस्थित फोर्ट वर्थमा ...
-
अमेरिकाको Central Falls, Rhode Island मा ५० वर्षीया ...





















