अमेरिका–अमेरिकाको ओहोयोको कोलम्बसमा एक नेपालीको घरबाट लुटिएको सुन सहितको करोडौ रुपैया डेढ महिना बितिसक्दा पनि फेला पर्न सकेको छैन ।
कोलम्बसमा झन्डै दस वर्षदेखि साउथ एशियन बजार संचालन गदै आएका नेपाली सोम बास्तोलाको घर फोडेर लुेटराको समुहले सुन र नगद गरेर झन्डै २ लाख ९० हजार डलर लुटपाट गरेका हुन ।
दिनदहाडै घरको पछाडीको स्लाइडिङ डोर फुटाएर दुई जना हतियारधारी लुटेराले लुछपाट गरेको भिडियो कोलम्बस प्रहरीले सार्र्वजनिक गरेको छ ।
गोल्ड बार सहित परिवारको सबै गहना देखि नगद चोरेर लगेका छन’ सोम बास्तोलाले युएसनेपाल पोष्ट संग भने– लुटेराले घरमा भएको सबै लुटेर लगे ।
प्रहरीले दुई लुटेराको शिशि क्यामेरामा कैद भएको भिडियो सार्वजनिक गदै ति लुटेराहरुको पहिचानमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
यो लुटपाटको घटनामा नेपालीको समेत संलग्नता हुन सक्ने आशका पीडित परिवारले गरेका छन्
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...