अमेरिका– चर्चित पुस्तक हयारी पोटर की लेखिका जेके रोउलिङ लाई ज्यान मार्ने धम्की आएको छ ।
बिट्रीस लेखिकालाई सलमान रुस्दी माथि भएको हमलाको निन्दा गरेपछि सोसल मिडिया ट्वीटरमा ज्यान लिने धम्की आएको हो । समाचार अनुसार पश्चिम न्युयोर्कमा एउटा कार्यक्रममा हादी मतारको रुपमा पहिचान भएका २४ वर्षिय व्यक्तिले सलमान रुस्दी माथि हमला गरेका थिए । त्यसपछि नै हयारी पोर्टर लेखिकाले ट्वीटरमा यो भयानक खबर भन्दै लेखेकी थिइन ।
उनले ट्वीट गरेपछि मीर आसिफ अजीज नामकका युजरले ट्वीट गदै चिन्ता नगर्नु अगाडी तिम्रो पालो हो भन्दै ट्वीट गरेका थिए । लेखिका राउलिङले उक्त ट्वीटको स्क्रीन सर्ट शेयर गदै साझा गरेकी थिइन ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected