तीन आइएस आतंककारी संग विवाह गरेकी एक महिलाले अमेरिका फर्कन गुहार मागेकी छिन् ।
सिरियामा तीन आइएस आतंककारी संग विवाह गरेकी होदा मुथानाले अमेरिका फर्कन ट्रम्प प्रशासन संग गुहार मागेकी हुन ।
अमेरिकामा जन्मिएकी भनिएकी होदाले आतंकारी संगठन इस्लामिक स्टेट (आइएस)मा सामेल भएकोमा आत्मओलना गदै अमेरिका फर्किन चाहेको बताएकी छिन्् । अहिले उनी आफनो दुई वर्षे छोरासग उत्तरपुर्वि सिरिया थित अल रोज शरणार्थी शिविरमा रहेकी छिन् । तर अमेरिकाले भने उनको दाबीलाई गलत सावित गदै उनी अमेरिकी नागरिक नभएको बताएको छ । उनले अमेरिका फर्किनका लागी अदालतमा मुद्धा दायर गरेकी छिन् । उनी अमेरिकी पासपोर्टमा सिरिया पुगेको दाबी गरिएको छ । उनले अन्तराष्ट्रिय संचारमाध्यममा आफुले आइएसलाई साथ दिएकोमा खेद प्रकट गरेकी छिन् । अमेरिकी विदेश मन्त्री माइक पोपियोले उनलाई पहिला नै आतंकारी घोषित गरेका थिए ।
उनी आइएसको प्रचारमा सक्रिय रहदै आएकी छिन् । उनी २०१५ मा फ्रान्सको चार्ली हेब्दो कार्यालयमा भएको आक्रमणमा समेत सामेल थिइन । जहा“ १२ जना मारिएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected